आइतबार, असार ८, २०८२

खेल पूर्वाधारमा लगानी बढाउन राष्ट्रपति पौडेलको आग्रह

नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरव बढाएकामा राष्ट्रपति पौडेलले खेलाडीलाई दिए बधाई।
 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधारमा लगानी बढाएर खेल क्षेत्रलाई अगाडि लैजान सरकारलाई सुझाएका छन्।
शुक्रबार शीतलनिवासमा आयोजित आईसीसी लिग २ मा तेस्रो स्थान प्राप्त गर्दै विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यलाई बधाई तथा शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरव बढाएको बताउँदै सरकारले खेल क्षेत्रलाई उपेक्षित गर्न नहुने धारणा राखे।
पौडेलले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यकता औंल्याए।
‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईंहरु विश्वकपको यात्राका लागि जाँदै हुनुहुन्छ। मैले हिजो इन्ट्रेस दिएर हेरें। असाध्यै राम्रो खेल थियो। दर्शक पनि प्रफुल्ल देखिन्थे’, उनले भने।
राष्ट्रपति पौडेलले खेलाडीको मनोबल बढाउन सरकारी पहल अझ बढी हुनुपर्ने बताए।
 

प्रकाशित: Mar 17, 2023| 18:28 शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...