आइतबार, असार ८, २०८२

राष्ट्रपति पौडेल र भारतीय समकक्षी मुर्मूबीच टेलिफोन संवाद

 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ टेलिफोन गरी नेपालको राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छन्।

टेलिफोन संवादका क्रममा भारतीय राष्ट्रपति मुर्मूले नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो संघर्ष र योगदान पुर्‍याउने व्यक्ति नेपालको राष्ट्रपतिमा निर्वाचित भएकोमा खुशी व्यक्त गरेको राष्ट्रपति पौडेलका परराष्ट्र सल्लाहकार डा सुरेशचन्द्र चालिसेले जानकारी दिए।

संवादका क्रममा दुवै राष्ट्रपतिले नेपाल र भारतबीच सदियौँ पुरानो सांस्कृतिक, धार्मिक तथा भौगोलिकरूपले अत्यन्त निकट र प्रगाढ सम्बन्ध भएको छिमेकी रहेको समान धारणा राख्दै आगामी दिनमा यो सम्बन्ध अझ सुमधुर र घनिष्ट हुने विश्वास व्यक्त गरेकी थिइन्। सोही अवसरमा राष्ट्रपति पौडेलले भारतीय राष्ट्रपति मुर्मूलाई नेपाल भ्रमण गरी पशुपतिनाथ दर्शन गर्न निमन्त्रणा दिएका थिए।

प्रकाशित: Mar 17, 2023| 19:38 शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...