आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन ५ गते राष्ट्रपति समक्ष पेश गरिने

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन ५ गते राष्ट्रपति समक्ष पेश गरिने

 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

काठमाडौं- निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

आयोगका अनुसार शुक्रबार सम्पन्न निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। यस्तै पराजित उम्मेदवार अष्टलक्ष्मी शाक्य (बोहरा) ले १६ हजार ३२८ मतभार,  ममता झाले २ हजार ५३७ मतभार र प्रमिला कुमारीले ४८ मतभार प्राप्त गरे।  

निर्वाचनमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेको आयोगले जनाएको छ।

प्रकाशित: Mar 18, 2023| 06:43 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...