आइतबार, असार ८, २०८२

विवादका कारण आज आरआर क्याम्पसमा स्ववियु चुनाव नहुने

देशका विभिन्न क्याम्पसमा निर्वाचन भइरहँदा आरआरमा भने निर्वाचन नहुने भएको हो।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकिएपछि काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा आज स्ववियु चुनाव नहुने भएको छ। देशका विभिन्न क्याम्पसमा निर्वाचन भइरहँदा आरआरमा भने निर्वाचन नहुने भएको हो।

विद्यार्थी भर्नाको विषयमा विवाद हुँदा स्ववियु चुनाव प्रभावित बनेको हो । फागुन १७ गतेसम्म मात्रै नयाँ विद्यार्थी भर्ना गर्नुपर्नेमा क्याम्पस प्रशासनले त्यसपछि पनि विद्यार्थी भर्ना गरेपछि विवाद देखिएको छ ।

सत्तारुढ गठबन्धननिकट विद्यार्थी संगठनहरूले विद्यार्थी भर्नाको विरोध गरेपछि स्ववियु निर्वाचन प्रभावकारी भएको जनाइएको छ ।

प्रकाशित: Mar 19, 2023| 07:30 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...