आइतबार, असार ८, २०८२

प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन भएसँगै रिक्त थप दुवै स्थानमा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने जनाएको छ।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन भएसँगै रिक्त थप दुवै स्थानमा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने जनाएको छ। यसअघि आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेकोमा थप दुई स्थानमा पनि सोही दिन उपनिर्वाचन गर्ने जनाएको हो।

नेपाली कांग्रेसका रामचन्द्र पौडेल गत २५ गते भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ जनप्रतिनिधिविहीन भएको छ। यस्तै शुक्रबार उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएसँगै उनको निर्वाचन क्षेत्र बारा २ पनि रिक्त छ। 

आयोगले यी दुवै ठाउँमा र चितवन २ मा पनि चुनाव एकैदिन गराउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाए।

आयोगले चालु आर्थिक वर्षसम्म कुनै पनि पद रिक्त भए अहिले भइरहेको मतदाता नामावली अद्यावधिकलाई नै मान्ने निर्णय गरिसकेको छ। 

त्यस्तै गत मंसिरमा भएको चुनावमा प्रयोग भएका सामग्री मौज्दात रहेकाले सामग्रीसमेत खरिद गर्नुपर्ने छैन। उपनिर्वाचनका लागि अब मतपत्र छपाइ र कर्मचारीबाहेक अन्य तयारी गर्नु नपर्ने भएकाले वैशाख १० गते चुनाव गराउन आयोग तयार भएको हो।

प्रकाशित: Mar 19, 2023| 07:55 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...