आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीले विश्वासको मत माग्ने संसद् बैठक सोमबार दिउँसो १ बजे

प्रधानमन्त्रीले विश्वासको मत माग्ने संसद् बैठक सोमबार दिउँसो १ बजे

एमाले र राप्रपाबाहेक सबै पार्टीले दाहाललाई विश्वासको मत दिने भएका छन्।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्नका लागि सोमबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। प्रधानमन्त्री कार्यालयले समय मागेअनुसार सभामुखले बैठक बोलाएका हुन्। यसअघि नै संसद् सचिवालयमा सोमबार विश्वासको मत लिने प्रस्तावसहित प्रधानमन्त्रीका तर्फबाट पत्र पठाइएको थियो।

गत पुस ११ गते प्रधानमन्त्री नियुक्त भएका दाहालले ३० दिनभित्रै विश्वासको मत लिएका थिए। तर बीचमा सत्ता समीकरण परिवर्तन भएर एमाले र राप्रपाले समर्थन फिर्ता लिएका कारण फेरि विश्वासको मत लिनुपरेको हो।

एमाले र राप्रपाबाहेक सबै पार्टीले दाहाललाई विश्वासको मत दिने भएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले दाहाललाई विश्वासको मत दिने सहमति गरेको थियो।

अहिलेको गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी छन्। 

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि दाहाललाई विश्वासको मत दिने भएको छ। 

प्रकाशित: Mar 19, 2023| 14:52 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...