आइतबार, असार ८, २०८२

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत आज दिउँसो १ बजे लिंदै छन्। एमाले र राप्रपाबाहेक सबै पार्टीले दाहाललाई विश्वासको मत दिने भएका छन्। अहिलेको गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी छन्। 

गत पुस ११ गते प्रधानमन्त्री नियुक्त भएका दाहालले ३० दिनभित्रै विश्वासको मत लिएका थिए। तर बीचमा सत्ता समीकरण परिवर्तन भएर एमाले र राप्रपाले समर्थन फिर्ता लिएका कारण फेरि विश्वासको मत लिनुपरेको हो।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि दाहाललाई आज विश्वासको मत दिने भएको छ। 

प्रकाशित: Mar 20, 2023| 06:09 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...