शनिबार, जेठ ११, २०८२

उर्लाबारी क्याम्पसमा नेविसंघको प्यान विजयी

उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलसहित विजयी भएको छ।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

मोरङ- उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलसहित विजयी भएको छ।

अध्यक्षमा नेविसंघका विवेक कार्की ६५१ मतसहित विजयी भएका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त गठबन्धन उम्मेदवार प्रिती दाहाललाई कार्कीले ३२६ मतान्तरले पराजित गरेका हुन्।

दाहालले ३२५ मत प्राप्त गरेको क्याम्पस निर्वाचन समितिले जनाएको छ। त्यसैगरी, सचिवमा नेविसंघका देवेन्द्र पौडेलले ५५९ मतसहित जित निकालेका छन्। उनको प्रतिस्पर्धी थानेश्वर अधिकारीले ३७० मत पाए।

कोषाध्यक्षतर्फ भुवन श्रेष्ठले ५७५ मत पाएर जित हासिल गर्दा गठबन्धनका उम्मेदवार भीमबहादुर मंग्रान्ती ३७५ मत पाए।

त्यसैगरी, सदस्यमा सुजन शंकर, दीपेश चौधरी, अञ्जना न्यौपाने, सन्दीप बुढाथोकी, सुशीला कार्की, कहना विक, विनिता गौतम र विराट थापा विजयी भएका छन्।

प्रकाशित: Mar 20, 2023| 09:30 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...