बुधबार, असार ११, २०८२

सुनको मूल्घ घट्यो, कतिमा हुँदैछ कारोबार?

आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले मूल्य घटेको हो। 

यससँगै आज छापावाल सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ कायम छ। हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको थियो। र, यो नेपाली बजारमा अहिलेसम्मकै किर्तिमानी मूल्य हो।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम छ। हिजो आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो। पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य बढ्दै गइरहेको छ। विश्वबजारमा सुनको मूल्य निरन्तर बढ्दाको प्रभाव नेपाली बजारमा समेति देखिइरहेको छ। 

महासंघले आज चाँदीको मूल्य समेत घटेको जानकारी दिएको छ। हिजो चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम थियो। जुन, आज १५ रुपैयाँले घट्दै तोलामा १३ सय ३० रुपैयाँ कायम भएको हो।

प्रकाशित: Mar 20, 2023| 11:04 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्