शुक्रबार, जेठ १०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेपछि एमाले र राप्रपा रिसाए : प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेपछि एमाले र राप्रपा रिसाए : प्रधानमन्त्री प्रचण्ड

ठूला पद भागबन्डा गर्न राष्ट्रिय सहमतिको विषय उठान गरेसँगै एमाले र राप्रपाले अचानक सरकारबाट मन्त्रीहरु फिर्ता बोलाएको प्रधानमन्त्री प्रचण्डको दाबी।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात दलीय गठबन्धनबाट सरकारको नेतृत्वमा पुगे पनि राष्ट्रपतिका विषयमा एमाले र राप्रपा सहमत हुन नसक्दा गठबन्धन भत्किन पुगेको दाबी गरेका छन्।

१५ फागुनमा एमालेले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएपछि दोस्रो पल्ट प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

एमाले, कांग्रेस, माओवादीलगायतलाई ठूला पद भागबन्डा गर्न राष्ट्रिय सहमतिको विषय अगाडि ल्याएसँगै एमाले र राप्रपाले अचानक सरकारबाट मन्त्रीहरु फिर्ता बोलाएको उनको दाबी छ।

प्रधानमन्त्री प्रचण्डले एमाले र राप्रपाका मन्त्रीले  राजीनामा दिएर सरकारलाई दिएको विश्वासको मतसमेत फिर्ता लिएपछि पुनः संविधानबमोजिम विश्वासको मत लिन लागेको बताए। 

उनले भने, ‘फेरि विश्वासको मत लिन यति छिट्टै समय आउला भन्ने सोचेकै थिइनँ। संसद्समक्ष अनुरोध गर्नुपर्छ भन्ने सोचेकै थिइनँ। राजनीतिक प्रतिबद्धतासहित सरकार गठन गरेका थियौं। मैले मात्रै होइन, सहयात्री सबै दलका साथीहरुले समेत संसद्को स्थायत्वको वाचा गर्नुभएको थियो। प्रधानमन्त्री र मन्त्रीबीच कुनै नीतिगत मतभेद थिएन।’ 

एमाले र राप्रपाका मन्त्रीसँग काम गरिरहेका बेला व्यक्तिगत सम्बन्ध सुमधुर भएपछि अकस्मात राजीनामा दिन लगाइएको उनको दाबी छ।

प्रकाशित: Mar 20, 2023| 13:49 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...