शुक्रबार, जेठ १०, २०८२

गठबन्धनको संस्कारलाई आत्मसात् गर्नुको विकल्प छैन: देउवा

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन संस्कृतिको विकल्प नभएको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि धारणा राख्दै देउवाले भने, ‘मिश्रित निर्वाचन प्रणालीमा एकमात्र दलले प्रतिनिधिसभामा बहुमत ल्याउन नसक्ने अवस्था छ। त्यसैले गठबन्धनको संकृतिलाई आत्मसात् गर्नुपरेको छ। हामीले उठाएको गठबन्धनको संस्कारमा अभ्यस्त हुँदै जानुको विकल्प छैन।’ मिश्रित निर्वाचन प्रणालीले समावेशी समाज निर्माण गर्ने उद्देश्यलाई सार्थक तुल्याएको उनको भनाइ थियो।

गत पुस ३६ गते संविधानको रक्षा र स्थिरताका लागि सरकारलाई विश्वासको मत दिएको भन्दै उनले अहिले पनि कांग्रेस त्यसकै पक्षमा उभिने बताए। त्यतिबेला माओवादी-एमाले गठबन्धन बनेको भए पनि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो।
 

प्रकाशित: Mar 20, 2023| 14:12 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...