शुक्रबार, जेठ १०, २०८२

एमालेद्वारा प्रचण्डसँग गठबन्धन तोड्नुको जवाफ माग

एमाले उपाध्यक्षसमेत रहेका पौडेलले प्रचण्डसमक्ष मागे १० पुसमा गठबन्धन बनाएर प्रधानमन्त्री भएपछि पुरानै गठबन्धनमा फर्किनुपर्नाको कारण।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं– एमाले नेता एवं सांसद विष्णु पौडेलले ९ पुसमा अध्यक्ष केपी ओली नेतृत्वको सात दलीय गठबन्धन बनाएर सरकारको नेतृत्वमा पुगेका नेकपा एकीकृत माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसँग १५ फागुनपछि गठबन्धन तोड्नुको जवाफ मागेका छन्।

सोमबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा एमाले उपाध्यक्षसमेत रहेका पौडेलले प्रचण्डले १० पुसमा बनेको गठबन्धनबाट पुरानै गठबन्धनमा फर्किनुको कारण दिनुपर्ने बताएका हुन्।

पौडेलले १० पुसमा गठबन्धन बन्नुको पृष्ठभूमि उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्ड अर्को दिनदेखि नै पुरानो गठबन्धनमा फर्किन खोजेको आरोप लगाए। उनले भने, ‘तपाईंलाई पुरानै गठबन्धनमा फर्किनु थियो भने हामीसँग सहयात्रा किन गरेको? अहिले सदनमा जवाफ नदिनु होला तर इतिहासले यो प्रश्नको जवाफ खोजिरहनेछ,’ उनले भने।

एमालेलाई बाहिर राखेर गरिने राष्ट्रिय सहमति अपुरो हुने उनको भनाइ छ। १० पुसमा प्रधानमन्त्री बन्दाका बखत प्रचण्डले एमालेका राष्ट्रपति उम्मेदवारलाई मत दिने प्रतिबद्धता व्यक्त गरे पनि पालना नगरी राजनीतिक बेइमानी गरेको पौडेलले दाबी गरे।

तत्कालीन परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अपमान गरिएपछि एमालेले सरकार छाडेको उनको भनाइ छ। पौडेल यसअघि प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवं अर्थमन्त्रीको जिम्मेवारीमा थिए। प्रचण्ड सरकारलाई विश्वास गर्नुपर्ने कुनै आधार नभएकाले एमालेले विश्वासको मत नदिने पौडेलले बताए।

प्रकाशित: Mar 20, 2023| 15:05 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...