शनिबार, जेठ ११, २०८२

सांसद निर्वाचित भइन् जसपा उम्मेदवार मञ्जु शर्मा 

जसपाले समानुपातिक सांसद सहनाज रहमानको निधन भएपछि रिक्त रहेको पदमा अन्सारीलाई नियुक्त गर्न आयोगलाई सिफारिस गरेको थियो।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं– निर्वाचन आयोगले जनता समाजवादी पार्टीकी मञ्जु शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको जनाएको छ।  
सोमबार आयोगले बन्दसूचीको क्रमसंख्या ५३, महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकताक्रम २ मा रहेकी शर्मालाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको हो।

जसपाले समानुपातिक सांसद सहनाज रहमानको निधन भएपछि रिक्त रहेको पदमा अन्सारीलाई नियुक्त गर्न आयोगलाई सिफारिस गरेको थियो।

अब निर्वाचित शर्माको नामावली राजपत्रमा प्रकाशन गरिने र संसद् सचिवालयलाई जानकारी दिइने आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।

प्रकाशित: Mar 20, 2023| 17:09 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...