शुक्रबार, जेठ १०, २०८२

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं- निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ।

बैशाख १० गते बारा–२ र तनहुँ–१ मा हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखी चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आह्वान गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भएपनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन- २ रिक्त हुन पुगेको थियो भने तत्कालिन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिदा बारा–२ रिक्त हुन पुगेको थियो। तनहुँ- २ बाट  निर्वाचित रामचन्द्र पौडेल राष्टपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ। 

आयोगको सोमबारको निर्णय अनुसार रिक्त रहेका स्थानमा प्रतिनिधि सभा सदस्य चयनका आयोगले दल दर्ताका लागि समय छुटाएको हो।

आयोगले चितवन २, बारा २ र तनहुँ १ मा २०८०  वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ।

aayog notice1679362766.jpg

प्रकाशित: Mar 21, 2023| 07:30 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...