शुक्रबार, जेठ १०, २०८२

संक्रमणकालीन न्याय टुंग्याउन गगनले खोजे एमालेसँग सहकार्य

दलीय संकीर्णता र तत्कालको नाफाघाटाभन्दा बाहिर निस्केर संक्रमणकालीन न्यायको विषय सम्बोधन गरिनुपर्ने महामन्त्री गगनको धारणा।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं– कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक दलहरुले तत्कालको लाभ नहेरी संक्रमणकालीन न्यायको विषय टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्।

मंगलबार कांग्रेस नेता स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजित कार्यक्रममा नेता गगनले शान्ति प्रक्रियालाई यो वा त्यो नाममा लम्ब्याउने छुट कसैलाई नभएको बताएका हुन्।

उनले भने, ‘दलीय संकीर्णता र तत्कालको नाफाघाटाभन्दा बाहिर निस्केर संक्रमणकालीन न्यायको विषय सम्बोधन गरिनुपर्छ। विभिन्न वहानमा यसलाई लम्ब्याउन खोजिए जटिल बन्दै जान्छ र भविष्यमा अप्ठेरो सिर्जना गर्छ।’

महामन्त्री थापाले एमालेलाई पनि सहकार्यमा आउन आग्रह गरे। ‘सबै राजनीतिक एक ठाउँ बसेर यस विषयमा काम गर्नुपर्छ। कांग्रेस, एमाले, माओवादी सबै हामी एक ठाउँ आएर यो विषयलाई सदाका लागि टुंग्याउनुपर्छ,’ उनले भने ।

उनले संक्रमणकालीन न्यायको विषय सम्बोधन गर्दा पीडित र पीडक दुवैको भावना बुझ्नुपर्ने र अन्तर्राष्ट्रिय कानुन विपरीत भए/नभएको ख्याल गर्नुपर्नेमा जोड दिए।

सरकारले संक्रमणकालीन न्यायको विषय फास्ट ट्रयाकमार्फत टुंग्याउन आइतबार मात्रै बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण आयोग ऐन संशोधनका लागि संसद्मा पेस गरेको छ।

प्रकाशित: Mar 21, 2023| 17:16 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...