शुक्रबार, जेठ १०, २०८२

जसपाद्वारा विधान अधिवेशन उपसमिति गठन

 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न उपसमिति बनाएको छ। 

मंगलबार बसेको पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको मूल व्यवस्थापन समितिको बैठकले विधान अधिवेशन तयारीका लागि आर्थिक उपसमिति, प्रचार प्रसार उपसमिति, भोजन आवास तथा हल व्यवस्थापन (लजिस्टिक) उपसमिति, स्वयंसेवक परिचालन उपसमिति गठन गरेको हो। 

विजय कुमार यादव संयोजक रहेको आर्थिक उपसमितिमा विद्युत् बज्राचार्य सहसंयोजक रहेका छन्। सदस्यहरुमा आङ्डेण्डी शेर्पा, आङ्काजी शेर्पा, सरोजकुमार यादव, राजेशमान श्रेष्ठ रहेका छन्। 

प्रचार प्रसार उपसमितिको संयोजकमा अर्जुन थापा, सह संयोजकमा न्हुच्छेलाल महर्जन रहेका छन्। भोजन, आवास तथा हल व्यवस्थापन उपसमितिको संयोजकमा सुशीला श्रेष्ठ र सहसंयोजक लालबहादर तामाङलाई जिम्मेवारी दिइएको छ।  

स्वयंसेवकपरिचालन उपसमितिको संयोजक विद्युत् बज्राचार्य र सहसंयोजक तारा विश्वकर्मा रहेका छन्। युवा, विद्यार्थी, महिला, ट्रेड युनियन लगायतका जनसंगठनका अध्यक्षहरु र बागमती प्रदेश समिति र काठमाडौँ जिल्ला समितिका प्रतिनिधिहरु उपसमितिको सदस्य रहने छन्।

प्रकाशित: Mar 21, 2023| 21:46 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...