शुक्रबार, जेठ १०, २०८२

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा अहिलेसम्म खस्यो साढे चार सय मत

कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान जारी रहेको छ।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

अत्तरिया- कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान जारी रहेको छ। बिहान ८ बजेदेखि जारी मतदानमा अहिलेसम्म ४ सय ५० मत खसेको निर्वाचन अधिकृत लोकबहादुर महराले बताए। 

तीन वटा मतदान बुथमा विद्यार्थीले मतदान गरिरहेका छन्। उक्त क्याम्पसमा ११ सय ७१ विद्यार्थी मतदाता रहेका छन्। १४ वर्षपछि क्याम्पसमा स्ववियु निर्वाचन भइरहेको छ। 

सभापतिका लागि ५ जना चुनावी मैदानमा रहेका छन्। मतदान भैरहेको क्षेत्र क्याम्पस आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित: Mar 22, 2023| 12:55 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...