शुक्रबार, जेठ १०, २०८२

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने मिति अकस्मात सारियो

बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने अन्तिम तयारी भइरहेका बेला नयाँ गठबन्धनमा खटपट देखिएपछि मुख्यमन्त्रीले अकस्मात विश्वासको मत लिने कार्यक्रम स्थगित गरेका हुन्। 
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने गरी आजका लागि तय भएको मिति अकस्मात सारिएको छ।

बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने अन्तिम तयारी भइरहेका बेला गठबन्धनभित्रका दलबीचको असमझारीका कारण अकस्मात मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम स्थगित गरेका हुन्। 

बुधबार मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने भनिएकामा हालका लागि स्थगित भएको जम्कट्टेलका स्वकीय सचिव विजय बुर्लाकोटीले बताए। उनले भने, आगामी शुक्रबार वा १५ चैतभित्र मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिनुहुनेछ।’ 

मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेशसभाको बैठक बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको सूचना प्रदेशसभा सचिवालले जारी गरेको थियो।

बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गरेसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका थिए। प्रदेश सरकारमा रहेका राप्रपाका तीन मन्त्रीले गत १३ फागुनमा मन्त्रीबाट राजीनामा दिएका थिए। 

पछिल्लो गठबन्धनमा मिसिएको कांग्रेसले विश्वासको मत माग्नुपूर्व छलफल नगरेको भन्दै असन्तुष्टि जनाएको छ। मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने÷नदिनेबारे छलफल गर्न कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक अहिले काठमाडौंमा बसिरहेको छ।

मुख्यमन्त्री जम्कट्टेलले यसअघि गत ३ माघमा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। हाल बागमतीमा तत्कालीन सात दलीय गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्र नेतृत्वको सरकार छ।

प्रकाशित: Mar 22, 2023| 13:55 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...