शुक्रबार, जेठ १०, २०८२

पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न दमक पुगे राप्रपा नेताहरू

राजतन्त्र समर्थक पार्टी भएकाले पूर्वराजा ज्ञानेन्द्रसँगको भेटवार्ता  सामान्य र नियमित भएको राप्रपाको प्रस्टीकरण।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौं– राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न झापाको दमक पुगेका छन्।

पूर्वराजा ज्ञानेन्द्र यतिबेला दमक बसाइमा छन्। राप्रपाका शीर्ष नेताहरूले पूर्वराजा ज्ञानेन्द्रसँग मुलुकको पछिल्लो राजनीति, समसामयिक विषयमा छलफल गरेको बुझिएको छ।

पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, डा. प्रकाशचन्द्र लोहनी, सांसद धबलशमशेर जबरा, रवीन्द्र मिश्रसहितका नेताहरू दमक पुगेका थिए।

भेटमा सहभागी राप्रपाका महामन्त्री जबराले पूर्वराजा शाहसँग भेटका क्रममा खिचिएका तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याएका छन्। तस्बिरसँगै उनले लेखेका छन्, ‘झापाको दमकमा भेटघाट।’ 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्रसँग भएको भेटलाई राजतन्त्रको वकालत गर्ने पार्टी भएकाले सामान्य रुपमा लिइदिनुपर्ने बताएका छन्।

उनले यसलाई नियमित भेट भनेका छन्। राप्रपा नेता र पूर्वराजा ज्ञानेन्द्रबीच भएको कुराकानीबारेको विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन।

प्रकाशित: Mar 22, 2023| 15:22 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...