बिहीबार, जेठ ९, २०८२

सत्ता साझेदार दलका चार शीर्ष नेताको बैठक बालुवाटारमा जारी

 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौं- सरकार विस्तारबारे छलफल गर्न बालुवाटारमा गठबन्धनका नेताहरू भेला भएका छन्। बैठकमा सत्ता गठबन्धनका ठूला चार दलका शीर्ष नेताहरू रहेका छन्।

बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको अनौपचारिक बैठक अहिले बसिरहेको बताइएको छ। सत्ता गठबन्धनमा रहेका १० दलको बैठक बस्ने भनिए पनि चार ठूला दलका शीर्ष नेता अनौपचारिक छलफलमा जुटेका हुन्।

सत्तारूढ गठबन्धनमा अहिले १० दल सहभागी छन्। चैत ६ प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको छ।

प्रकाशित: Mar 22, 2023| 18:36 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...