बिहीबार, जेठ ९, २०८२

मधेसी जनताको अधिकार दिलाएर छाड्छौं : अध्यक्ष राउत

 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौं- जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा सिके (चन्द्रप्रकाश) राउतले मधेसी जनताको अधिकार दिलाएर छाड्ने उद्घोष गरेका छन्। 

बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभामा उहाँले मधेसी जनतालाई अधिकार दिलाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत व्यक्त गरे। 

उनले मधेसको विकास र अधिकारका लागि सहादत प्राप्त गरेका मधेसी सहिदको सपना साकार हुने गरी जनमत पार्टीले काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।  

मुलुकमा भ्रष्टाचार बढ्दै गएको भन्दै अध्यक्ष राउतले भ्रष्टाचारलाई न्यूनीकरण गर्दै विधिको शासन कायम गराउन, घरघरमा रोजगारी सिर्जना गर्न एवं किसानलाई सहुलियतमा मलखाद उपलब्ध गराउन राज्य संवेदनशील हुनुपर्ने बताए। 

जनमत पार्टी जनताको आशा एवं भरोसाको किरण रहेको भन्दै उनले जनमत पार्टीलाई मधेस प्रदेशमा सबैभन्दा ठूलो पार्टी बनाएर छाड्ने उनको भनाइ थियो।
 

प्रकाशित: Mar 22, 2023| 21:59 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...