बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री–नेता नेपाल भेट, केन्द्रमा तीन मन्त्रालय र प्रदेशमा एउटा मुख्यमन्त्री माग 

प्रधानमन्त्री–नेता नेपाल भेट, केन्द्रमा तीन मन्त्रालय र प्रदेशमा एउटा मुख्यमन्त्री माग 

नेता नेपालले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा दस दलीय गठबन्धनबाट भागबन्डा हुँदा नेकपा एसलाई माग गरेअनुसारकै मन्त्रालय दिनुपर्ने अडान राखेका हुन्। 
 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं– नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेता नेपालले नेकपा एसलाई केन्द्रमा तीन मन्त्रालय र सातमध्ये एउटा प्रदेशमा मुख्यमन्त्री दिइनुपर्ने माग अगाडि सारेका छन्। उनले कोसी वा बागमती प्रदेशको मुख्यमन्त्री पनि आफूलाई सुम्पिइनुपर्ने बताए।

नेता नेपालले दस दलीय गठबन्धनबाट भागबन्डा हुँदा नेकपा एसलाई माग गरेअनुसारकै मन्त्रालय दिनुपर्ने बताए। दुई नेताबीच भएको भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने र प्रदेश सरकारबाट एमालेलाई हटाउनेबारे छलफल भएको बुझिएको छ।

केन्द्र सरकारबाट एमाले बाहिरिए पनि सुदूरपश्चिमबाहेक ६ वटा प्रदेशमा एमाले सरकारमा सहभागी छ। नेकपा एसले गृहसहित तीन मन्त्रालय माग गरेको छ।

गठबन्धनमा नेकपा एसलाई २ मन्त्रालय दिने तयारी भइरहेका बेला नेता नेपालले तीन वटामा दाबी गरेका हुन्।

प्रकाशित: Mar 24, 2023| 13:01 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...