बुधबार, जेठ ८, २०८२

दलित समुदायलाई जातका आधारमा आरक्षण दिनु हुँदैन : वामदेव गौतम

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरूमाथि भएको उत्पीडनको अन्त्य नहुने बताएका छन्।

शुक्रबार राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठकमा गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिनु नहुने बताए। जातको आधारमा आरक्षण दिएका कारण दलित समुदायमाथि भएको उत्पीडनको अहिलेसम्म अन्त्य हुन नसकेको उनको भनाइ थियो।

उनले दलित भनेर प्रतिनिधित्व पनि गराउनु नहुने पनि बताए। कसैले कसैलाई दलित र उत्पीडित भन्नु नहुने भन्दै उनले सबै मानिस एकै भएको उनले बताए।

दलित र उत्पीडित जस्ता शब्द नै खारेज गर्नुपर्ने उनको भनाइ थियो। उनले छुवाछुत गर्नेलाई आजीवन काराबास र भेदभाव गर्नेलाई कम्तीमा १० वर्ष कैद र जरिवाना गर्नुपर्ने कडा कानून बनाउनुपर्ने बताए।

प्रकाशित: Mar 24, 2023| 18:50 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...