बुधबार, जेठ ८, २०८२

कोशी प्रदेश सरकार नछाड्ने मा‌ओवादी केन्द्रको निर्णय

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

विराटनगर- नेकपा माओवादी केन्द्र कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारबाट तत्काल नबाहिरिने भएको छ। माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सरकारबाट आफ्ना मन्त्रीहरू तत्काल फिर्ता नहुने बताएका हुन्।

‘अरु प्रदेशको सत्ता समीकरणको अवस्था र हाम्रो प्रदेशको सत्ता समीकरणको अवस्थामा केही भिन्न अवस्था छ। अहिलेको सरकारलाई विस्थापित गरेर नयाँ सरकार सहजै आउने अवस्था पनि यो प्रदेशमा छैन,’ उनले भने। उनले कोशी प्रदेशमा मध्यावधि चुनाव हुने हल्ला मात्रै भएको बताए।

‘मध्यावधिमा जाने कुरा कहाँबाट आयो। कुनैपनि हालतमा प्रदेश मध्यावधिमा जाने कतै पनि सम्भावना छैन। यो सामान्य गणितले पनि त्यही भन्छ । दोस्रो कुरा सभामुखको राजीनामा बारे हामीले कल्पना पनि गरेका छैनौँ । सभामुखले राजीनामा नगरी पनि सरकार बन्ने कुराको निम्ति कतै पनि अवरोध अहिले छैन,’ उनले भने, ‘जहाँसम्म अहिलेको सरकारमा माओवादी पार्टी सहभागी छ। अहिले तत्काल हामीले सरकारबाट हाम्रो मन्त्रीहरू फर्किने या सरकारलाई दिएको विश्वासको मत अहिले नै हामीले फिर्ता लिने पक्षमा हामी छैनौँ।’

केन्द्रको गठबन्धनले कोशी प्रदेशको समीकरणको बारेमा सामान्य चासो र जानकारी लिए पनि ठोस रूपमा कसरी अगाडि जाने भन्ने बारेमा कुनै निर्देशन नभएको बताए।

‘यहाँ विशिष्ट अवस्था भएको कारणले गर्दा पनि वर्तमान सरकार फेरबदल र नयाँ सत्ता समीकरणको बारेमा सोचिसकेका छैनौँ,’ आङ्बोले भने, ‘अहिले स्थितिको परिपक्वता होस् । समग्र केन्द्रको राजनीतिक अवस्था कसरी अगाडि बढ्छ । त्यो अनुसार प्रदेशको स्थिति के हुन्छ भन्ने विषयमा प्रदेशसभामा रहेका दलहरूले आवश्यक छलफल गर्छौँ । नेताहरूसँग पनि आवश्यक परामर्श गरेर प्रदेशमा स्थिर र स्थायी प्रकृतिको सरकार दिने पक्षमा हामी छौं।’

उनले अहिले हिक्मत कार्कीको नेतृत्वको सरकारसँग आरामदायी बहुमत रहेको कारण काँग्रेसलगायतका दललाई समेटेर सर्वदलीय सरकार बनाउनु पर्ने आवश्यकता पनि नभएको बताए।

प्रकाशित: Mar 24, 2023| 19:07 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...