बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कोटेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतीमा नेविसंघका बुढाथोकी विजयी

कोटेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतीमा नेविसंघका बुढाथोकी विजयी

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं- कोटेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका सञ्जय बुढाथोकी सर्वसम्मत अध्यक्षमा विजयी भएका छन्।

शुक्रबार नेपाल विद्यार्थी संघ सहित अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी) विप्लव सहितका क्याम्पसमा दर्ता भएका सबै विद्यार्थी संगठनबिच भएको सर्वपक्षीय सहमतिले नेविसंघका बुढाथोकीको नेतृत्वमा २१ सदस्यीय स्ववियू कार्यसमिति चयन भएको हो। 

समितिको उपाध्यक्षमा अखिल (क्रान्तिकारी) का सागर पराजुली, सचिवमा अनेरास्ववियुका रामकृष्ण थापा, सहसचिवमा शर्मिला भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियूका शैलेन्द्र श्रेष्ठ चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा नेवि संघकी शारती ढकाल, आशिश कार्की, प्रदिप कार्की, सन्तोष घर्तिमगर, अनेरास्ववियूका सञ्जु भट्ट, प्रेमराज रेग्मी, राजेशकुमार गुप्ता, सुशील दाहाल, अखिल (क्रान्तिकारी) का अप्सरा बस्नेत, सरोज श्रेष्ठ, विनीता फुयाँल र अखिल (क्रान्तिकारी) विप्लवमा मिठु टमट्टा लगायत छन्।

निर्वाचित कार्यसमितिका सदस्यहरूलाई कोटेश्वर बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख गोविन्दबहादुर कार्की  र प्रमुख निर्वाचन अधिकृत सुरेश पोखरेलले बधाई ज्ञापन गरेका थिए।

प्रकाशित: Mar 24, 2023| 21:16 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...