बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कोसी प्रदेश नाम खारेजी आन्दोलनमा भएको मृत्यु घटनाबारे छानबिन समिति गठन हुने

कोसी प्रदेश नाम खारेजी आन्दोलनमा भएको मृत्यु घटनाबारे छानबिन समिति गठन हुने

कोसी नामकरणविरुद्धमा गत ५ चैतमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको लाठी प्रहारबाट पदम लिम्बू लाजेहाङको मृत्यु भएको घटना छानबिन गरिने भएको हो।
 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

काठमाडौं– साविक प्रदेश १ को नाम कोसी राखिएसँगै विरोधमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएपछि केन्द्र सरकारले उक्त घटना छानबिन गर्ने भएको छ।

कोसी प्रदेश खारेज गरेर जातीय, सांस्कृतिक नाम राख्नुपर्ने माग गर्दै विभिन्न जातजाति निकट संघ–संगठनले गत ५ चैतमा विरोध प्रदर्शन गर्दा प्रहरीको कुटाइबाट एक जना प्रदर्शनकारीको मृत्यु भएको थियो।

कोसी नामकरणविरुद्धमा गत ५ चैतमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको लाठी प्रहारबाट पदम लिम्बू लाजेहाङको मृत्यु भएको थियो। लाठी प्रहारबाट गम्भीर घाइते लिम्बूको शुक्रबार बिहान उपचारका क्रममा निधन भएको हो। 

कोसी प्रदेश नामकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

५ चैतको घटना सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने निर्णय भएको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

प्रकाशित: Mar 25, 2023| 11:40 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...