बुधबार, जेठ ८, २०८२

वर्तमान गठबन्धन लामो समय नटिक्ने बाबुराम भट्टराईको उद्घोष

गठबन्धनमा आबद्ध दस वटै दललाई सत्ता चाहिएको र देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढंगले अघि बढ्न नसकेकै कारण नयाँ गठबन्धन टिकाउ हुने ग्यारेन्टी नभएको भट्टराईको तर्क।
 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

काठमाडौं– दस दलीय गठबन्धनका सहयात्री नेपाल समाजवादी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सात दलीय गठबन्धन भत्किएर बनेको नयाँ गठबन्धनको भविष्यलाई अविश्वास प्रकट गरेका छन्।

शनिबार पार्टी प्रशिक्षणका क्रममा सुर्खेतमा रहेका पूर्वप्रधानमन्त्री भट्टराईले सबै दललाई सत्ता चाहिएकाले देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढंगले अघि बढ्न नसकेकै कारण नयाँ गठबन्धन टिकाउ हुने ग्यारेन्टी नभएको बताएका हुन्।

उनले पत्रकारसँग वर्तमान सरकारको काँधमा शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने र  देशलाई समृद्धिको दिशातिर अग्रसर गराउनुपर्ने जिम्मेवारी रहे पनि हालको गठबन्धन लामो समयसम्म टिक्नेमा भने अविश्वास रहेको औंल्याए। उनले भने, ‘राजनीतिक भनेको शक्ति केन्द्र हो। कति बेला के हुन्छ, थाहै हुँदैन। यो सरकार स्थिर भएर अगाडि बढोस् भन्ने हो तर संकेत त्यस्तो देखिँदैन।’

उनले नेकपा माओवादी केन्द्रसँग गाभिन वार्ता टोली बनाएर छलफल चलिरहेको जानकारी दिए। दुई पार्टीभन्दा सबै कम्युनिस्टलाई एकै ठाउँ ल्याएर समाजवादी दल खोल्नुपर्ने मान्यतामा आफू रहेको उनको भनाइ छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा शान्ति प्रक्रियाको मर्म विपरीत भएको उनको दाबी छ।

प्रकाशित: Mar 25, 2023| 16:12 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...