बुधबार, जेठ ८, २०८२

'अनैतिक, अमर्यादित र अशोभनीय गतिविधि बढे, जनताले विकल्प खोज्छन्'

 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरुप्रति आम जनताको वितृष्णा मात्र होइन, घृणा पनि बढ्न थालेको टिप्पणी गरेका छन्।

महिनैपिच्छे समीकरण फेरबदल गर्दै सत्ता केन्द्रित फोहोरी खेलमा लिप्त हुने अनैतिक, अमर्यादित र अशोभनीय गतिविधिले जनतामा आक्रोश पैदा भएको उनको भनाइ छ। काठमाडौँ उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान अन्तर्गत भक्तपुरको मध्यपुरमा आयोजित कार्यक्रममा थापाले भ्रष्ट, अनैतिक र असफल भनेर भनिएका दलहरूसँग सत्ता गठबन्धन बनाएर ब्रम्हलुटमा संलग्न हुनुले नयाँ उदय भएका दलहरूप्रतिको भरोसा पनि टुटेको विचार व्यक्त गरे।

सत्ता र शक्ति केन्द्रित ठुला दलहरूकै बाटोमा हिँड्ने कामले विकल्प दिन नसक्ने उनको दाबी छ। जनतालाई जीवन धान्न गाह्रो भएको विषयले भन्दा पनि सत्तारोहणको विषयले महत्त्व पाउनुबाट नयाँ विकल्प भनिएका दलबाट जनता निराश भएको उनले बताए। 

थापाले भने, 'आर्थिक मन्दी बढ्ने क्रममा छ, कारोबार ठप्प प्राय छ, वित्तीय संकट गहिरिँदै छ, महँगी अनियन्त्रित छ, निर्यात छैन, उत्पादन छैन। रेमिट्यान्समा विचलन आए मुलुक धराशायी हुनेछ।'

सरकारसँग अहिलेको संकटबाट मुक्त हुने कुनै नीति, योजना र कार्यक्रम नभएको भन्दै थापाले अहिले मुलुकले एउटा भ्रष्टाचार विरोधी भरपर्दो वैकल्पिक शक्ति खोजिरहेको र त्यो शक्ति राप्रपा नेपाल बनाउने अभियानलाई साथ दिनसमेत आग्रह गरे।

प्रकाशित: Mar 26, 2023| 09:43 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...