बुधबार, जेठ ८, २०८२

नारायणकाजीको मन्त्रालय परिवर्तन हुँदै, गृह दिने तयारी

माओवादीले सत्ता गठबन्धनमा भागबन्डा मिलाउन गृहमा नारायणकाजीलाई पठाउने तयारी थालेको हो।
 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिने भएका छन्। हाल नारायणकाजीले प्रचण्ड सरकारमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन्।

प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै गर्न लागेको मन्त्रिपरिषद् विस्तारका बेला नेकपा माओवादी केन्द्रबाट सरकार सहभागी भएका मन्त्रीको जिम्मेवारीसमेत हेरफेर गर्ने बताइएको छ।

सात दलीय गठबन्धन सक्रिय रहेका बेला सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हालिरहेका छन्।

माओवादीले सत्ता गठबन्धनमा भागबन्डा मिलाउन गृहमा श्रेष्ठलाई पठाउने तयारी थालेको हो। यद्यपि नारायणकाजीले हाल सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालय भागबन्डामा पर्ने/नपर्ने विषय हालसम्म छिनोफानो भएको छैन।

उपप्रधानमन्त्री श्रेष्ठले आजै पत्रकार सम्मेलन गरेर यसबारे औपचारिक जानकारी गराउने तयारी भइरहेको उनी निकट स्रोतले बताएको छ।

प्रकाशित: Mar 26, 2023| 12:08 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...