बुधबार, जेठ ८, २०८२

कांग्रेसबाट तनहुँ १ मा सांसद बन्न १३ जनाको आवेदन

कांग्रेस प्रतिनिधिसभा सदस्य क्षेत्रीय कार्यसमितिले आवेदन माग गरेको अन्तिम दिन शनिबारसम्म १३ जनाले दरखास्त हालेका हुन्।
 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं– आगामी १० वैशाखमा तय भएको तनहुँ १ को उपनिर्वाचनका लागि कांग्रेसका १३ जनाको आवेदन परेको छ।
तनहुँ १ रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको निर्वाचन क्षेत्र हो। उक्त स्थानमा उपनिर्वाचन हुँदै छ।

कांग्रेस प्रतिनिधिसभा सदस्य क्षेत्रीय कार्यसमितिले आवेदन माग गरेको अन्तिम दिन शनिबारसम्म १३ जनाले दरखास्त हालेका हुन्। 

शुक्रबार ६ जना र शनिबार सात जनाले उम्मेदावारी दिएको कांग्रेस क्षेत्रीय सचिव दयानिधि नरालले बताए। कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य र आँबुखैरेनी सभापति विष्णु पन्तले तनहुँ १ बाट उम्मेदवार हुन आवेदन दिएका छन्।

यस्तै, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति श्यामकुमार मौरती, पूर्वसचिव समुद्र गोदार, नेताहरु डोबाटे विश्वकर्मा, सरिता गुरुङ र अर्जुनबहादुर अधिकारीले आवेदन दिएका छन्।

प्रकाशित: Mar 26, 2023| 12:31 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...