बुधबार, जेठ ८, २०८२

उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत

 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

कलैया- उपराष्ट्रपति रामसहायप्रसाद यादवको गृह जिल्ला बारामा आज भव्य स्वागत गरिएको छ। उपराष्ट्रपति भएपछि उहाँ पहिलो पटक गृहजिल्ला आउनुहुँदा उहाँलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो। 

सिमरा विमानस्थलमा उपराष्ट्रपति यादवलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबुकुमार यादव, नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, प्रदेश सरकाका अर्थमन्त्री सञ्जय यादव, संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व मन्त्री, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुखलगायतकाले स्वागत गरेका थिए।

उपराष्ट्रपति यादवलाई स्वागत गर्न सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो। दुई दिनको बसाइमा उनी जिल्लाको विभिन्न ठाउँमा आयोजना गरिने स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुने निमित प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अचार्यले जानकारी दिए।      
 

प्रकाशित: Mar 26, 2023| 14:22 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...