बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • महेश बर्तौलाले नियमापत्ति जनाएपछि पूर्णबहादुर खड्काले संसद्‍मा मागे माफी

महेश बर्तौलाले नियमापत्ति जनाएपछि पूर्णबहादुर खड्काले संसद्‍मा मागे माफी

 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं- प्रतिनिधि सभाको आइतबारको बैठकमा एमालेका सांसद महेश बर्तौलाले नियमापत्ति गरेपछि कांग्रेस सांसद पूर्णबहादुर खड्काले क्षमा मागेका छन्।

बर्तौलाले नियमावलीविपरीत सत्ता पक्षका सांसद बोलिरहेका बेला सांसद र सभामुखको बीचबाट हिँडेको बताएका थिए। ‘प्रतिनिधि सभा नियमावलीको नियम २० (छ) बमोजिम सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन। पटक–पटक यो सदनको गरिमा र मर्यादालाई धज्जी उडाउँदै माननीय सदस्यहरुबाट यस प्रकारको काम भइरहेको छ। सत्ता पक्षका माननीयज्यूहरुबाट यस प्रकारको काम भइरहेको छ’, उनले भने।

भोलिका दिनमा पनि यो विषय काम लाग्ने भन्दै उनले नियमापत्ति गरेको बताएका थिए। बर्तौलापछि बोलेका सभामुख देवराज घिमिरेले उठेका कुराहरुलाई उचित ढंगबाट ध्यान पुर्‍याउन आग्रह गरेका थिए। 

सभामुखपछि खड्काले समय मागेर बोल्दै क्षमा मागेका हुन्। ‘अनदेखाको कारणले माननीयज्यूले उल्लेख गर्नुभए अनुसार मैले नियमावलीको त्यो दफालाई उल्लंघन गरेँ। त्यसका लागि म क्षमा माग्न चाहन्छु’, उनले भने।

प्रतिनिधि सभा नियमावली २०७५ को नियम २० मा बैठकमा पालना गर्नुपर्ने नियमबारे उल्लेख छ। त्यसको उपनियम छ मा भनिएको छ- ‘सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न र सभामुखको आसनतर्फ पिठ्युँ फर्काएर बस्न नहुने।’

प्रकाशित: Mar 26, 2023| 17:23 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...