बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्रालय भागबन्डामा सहमति जुटाउन बालुवाटारमा प्रचण्ड–देउवा–नेपाल छलफल

मन्त्रालय भागबन्डामा सहमति जुटाउन बालुवाटारमा प्रचण्ड–देउवा–नेपाल छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भएको भेटमा  मन्त्रिपरिषद् विस्तार र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल। 
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं– सत्ता गठबन्धनमा आबद्ध सबै दलले हैसियतभन्दा बढी मन्त्रालय माग गरेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा त्रय नेताबीच मन्त्रिपरिषद् विस्तार र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको हो। 

प्रधानमन्त्री प्रचण्डले ६ चैतमा दोस्रोपल्ट विश्वासको मत प्राप्त गरेपछि १० चैतसम्म मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका थिए। तर हालसम्म गठबन्धनबीच मन्त्रालय बाँडफाँटमा कुरो नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

प्रकाशित: Mar 27, 2023| 11:28 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...