मंगलबार, जेठ ७, २०८२

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं- सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। सत्ता गठनबन्धनमा रहेका तीन शीर्ष दलबीच अपराह्न ४ बजे बैठक बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो (सोमबार) प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा मंगलबार अपराह्न गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो।
 
बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ। सत्तागठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ। मन्त्रिपरिषद् विस्तार आजसम्म गरिने भनिए पनि दलहरुबीच सहमति हुन सकेको छैन।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन्।

प्रकाशित: Mar 28, 2023| 06:07 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...