मंगलबार, जेठ ७, २०८२

कांग्रेस कार्यसम्पादन समिति बैठक स्थगित

आजको बैठकबाट कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको थियो।
 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं– सत्तारुढ हुँदै गरेको नेपाली कांग्रेसले आजका लागि तोकेको केन्द्रीय कार्यसम्पादन समिति बैठक एकाएक स्थगित भएको छ। आज स्थगित बैठक १६ चैतमा बस्ने कांग्रेस मुख्यालका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका हुन्।

१४ चैत मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक १६ चैत बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको कांग्रेस मुख्यसचिवको विज्ञप्तिमा उल्लेख छ।

आजको बैठकबाट कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको थियो। दस दलीय सत्ता गठबन्धनभित्र मन्त्रालय भागबन्डामा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै संयुक्त बैठक बोलाएका छन्।

प्रकाशित: Mar 28, 2023| 10:36 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...