मंगलबार, जेठ ७, २०८२

निष्कर्षमा पुगेन गठबन्धन बैठक, ३ बजे फेरि बस्ने

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

मन्त्रालय बाँडफाँडका लागि बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालयको संख्यामा दलहरूले आ-आफ्नै अडान राखेपछि सहमति नजुटेको हो।

आजै दिउँसो तीन बजे बस्नेगरी बैठक सकिएको छ। हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयको संख्या भागबन्डाको प्रस्ताव गरेका थिए। कांग्रेसलाई ८ र आफ्नो दल नेकपा (माओवादी केन्द्र) लाई ५ मन्त्रालयलको प्रस्ताव उनले गरेका छन्।

उनले संसदको चौथो ठूलो दल रास्वपालाई ३ मन्त्रालयको प्रस्ताव गरेका थिए। नेकपा (एकीकृत समाजवादी)लाई २ मन्त्रालयको प्रस्ताव गरेका छन् भने जनता समाजवादी पार्टीलाई समेत २ मन्त्रालय दिने प्रचण्डको प्रस्ताव छ। जनमत पार्टीलाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, लोसपलाई १ र स्वतन्त्रका तर्फबाट १ जनालाई मन्त्री बनाउने प्रचण्डको प्रस्ताव छ।

प्रकाशित: Mar 29, 2023| 13:06 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...