मंगलबार, जेठ ७, २०८२

एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

नयाँ गठबन्धन निर्माण भएकाले सरकारलाई पूर्णता दिने प्रक्रियामा केही ढिलाइ भएको मन्त्री शर्माको स्वीकारोक्ति।
 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं– सञ्चारमन्त्री रेखा शर्माले एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताएकी छन्। बुधबार रिपोटर्स क्लबको २५औं वार्षिकोत्सव अवसरमा सहभागी सरकारको प्रवक्तासमेत रहेकी माओवादी नेतृ शर्माले यस्तो दाबी गरेकी हुन्।

उनले दस दलीय गठबन्धन दलबीचको छलफल सहमतिको अन्तिम चरणमा पुगेकाले एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउने दाबी गरिन्।

पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएकाले सरकारलाई पूर्णता दिने प्रक्रियामा केही ढिलाइ भएको उनको भनाइ छ। संक्रमणकालीन न्यायसम्बन्धी विषय लामो समय भएकाले यसलाई छिटो निष्कर्ष दिलाउन संसद्मा विधेयक गइसकेको उनले बताइन्।

‘शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंगोमा पुर्‍याउन सरकार लागिरहेको छ। पीडितलाई न्याय दिन संसद्मा विधेयक पेस भएको छ’, मन्त्री शर्माले भनिन्।

आमसञ्चार कानुन बनाउने तयारी भइरहेको र सरोकारवालासँग छलफल गरेर मात्रै निर्णय दिइने उनको भनाइ छ। सञ्चार क्षेत्र बलियो र प्रभावकारी बनाउन आवश्यक पर्ने कानुन बनाउने तयारीमा सरकार रहेको उनले बताइन्।

प्रकाशित: Mar 29, 2023| 14:31 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...