मंगलबार, जेठ ७, २०८२

मिटरब्याजी साहू सरकार र सांसदकै संरक्षणमा : रास्वपा नेता झा

सांसद, जनप्रतिनिधि र स्थानीय प्रशासनले नै साहूकारको संरक्षण गरिरहेकाले मिटरब्याज पीडितले न्याय पाउन नसकेको सांसद झाको तर्क।
 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं– मिटरब्याज पीडितले काठमाडौंमै आएर आफ्ना माग सम्बोधन गर्न आन्दोलन गरिरहेका बेला प्रतिनिधिसभामा समेत यसबारे सांसदहरुले कुरो उठाएका छन्।

बुधबारको बैठकमा विभिन्न पार्टीमा आबद्ध सांसदहरूले मिटरब्याजी साहू–महाजनलाई सरकार, राजनीतिक दल र निर्वाचित सांसदहरूले नै संरक्षण गरेको दाबी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसद, जनप्रतिनिधि र स्थानीय प्रशासनले नै साहूकारको संरक्षण गरेको बताए।
राज्य पीडितको पक्षमा हुनुपर्नेमा पीडकको पक्षमा देखिएको उनको भनाइ छ।

मिटरब्याज पीडित ६ महिनाको बच्चा बोकेर सिरहादेखि १३ दिन हिँडेर काठमाडौं आएको बताउँदै सांसद झाले यस्ता समस्यामा स्थानीय प्रशासनले समन्वय नगर्ने, जनप्रतिनिधिले पीडितको कुरा सुन्दै नसुनेको बताए।

सांसद झाले भने, ‘यही सदनमा सांसदका आफन्त आबद्ध भएकाले हाम्रा साथीभाइले पनि साहूकार र पीडकको संरक्षण गर्छन्। राज्य कमजोरका लागि बनेको हो। सबलका लागि होइन। राज्यले कमजोरको साहूकारको संरक्षण गरेको देखियो।’ उनले सांसदहरू र राजनीतिक संयन्त्रमा भएका नेताहरूलाई साहूकारको संरक्षण नगर्न चेतावनी दिए।

प्रकाशित: Mar 29, 2023| 15:10 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...