मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीले मन्त्रालयको भाग लगाउनासाथ मन्त्रीको लिस्ट बुझाउने  नेकपा एसको तयारी 

प्रधानमन्त्रीले मन्त्रालयको भाग लगाउनासाथ मन्त्रीको लिस्ट बुझाउने  नेकपा एसको तयारी 

नेकपा एसको दाबी तीन वटा मन्त्रालयमा रहे पनि प्राप्त नभइसकेको र मन्त्रालय टुंगो नलागेका कारण प्रधानमन्त्रीको ‘सिग्नल’को प्रतीक्षामा रहेको बताएको हो।
 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं– दस दलीय सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘बाटो’ कुरिरहेको बताएको छ।

बुधबार बसेको पार्टी पदाधिकारी बैठकले नेकपा एसको दाबी तीन वटा मन्त्रालयमा रहे पनि प्राप्त नभइसकेको र मन्त्रालय टुंगो नलागेका कारण प्रधानमन्त्रीको ‘सिग्नल’को प्रतीक्षामा रहेको बताएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टीले धेरै त्याग गरिसकेकाले अब तीन मन्त्रालयको मागबाट यताउता नहुने स्पष्ट पारे।

तीन वटा मन्त्रालय प्राप्त नभइसकेको र मन्त्रालयको पनि टुंगो नलागेकाले प्रधानमन्त्रीको जवाफ कुरेर बसेको उनको भनाइ छ।

उनले भने, ‘धेरै बेर छलफल गरेका छौं। तीन मन्त्रालयमा हाम्रो दाबी छ। यसका लागि प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा छौं। जतिबेला पनि पार्टीबाट मन्त्री बन्नेको नाम दिन सक्ने गरी तयारीमा छौं।’

प्रकाशित: Mar 29, 2023| 16:37 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...