मंगलबार, जेठ ७, २०८२

नेकपा एसबाट वेदुराम र प्रकाश मन्त्री बन्ने

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले पार्टी उपाध्यक्ष वेदुराम भुसाल र प्रमुख सचेतक प्रकाश ज्वालालाई मन्त्री बनाउने भएको छ। उपाध्यक्ष भुसालको नेतृत्वमा ज्वालालाई सरकारमा सहभागी गराइने भएको हो। 

बुधबार बसेको पार्टी पदाधिकारी बैठकले भुसाल र ज्वालालाई सरकारमा पठाउने निर्णय गरेको छ। तीन मन्त्रालय आफ्नो दलले पाउनुपर्ने दाबी गर्दै आएको एकीकृत समाजवादीले दुई वटा मन्त्रालय पाउने भएको छ।

बाँकी मन्त्रालयको टुंगो लगाउन सत्तारुढ गठबन्धनका नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरिरहेका छन्।मन्त्रालय भागवण्डा नमिल्दा ६ चैतमा विश्वासको मत लिएका प्रधानमन्त्रीले सरकार विस्तार गर्न सकेका छैनन्।

प्रकाशित: Mar 29, 2023| 17:42 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...