मंगलबार, जेठ ७, २०८२

शीतलनिवासमा बढ्दै छन् राष्ट्रपति रामचन्द्रका सल्लाहकार

संविधानबमोजिम कार्यकारी हैसियत नभए पनि राष्ट्रपतिले आवश्यक परेका बेला सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री र आफैंले नियुक्त गरेका विभिन्न विज्ञ तथा सल्लाहकारसँग छलफल गर्ने परम्परा छ।
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

काठमाडौं– २५ फागुनमा मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले शीतलनिवासमा आफूलाई राजनीतिक, कानुनी, आर्थिक, परराष्ट्र, सञ्चारलगायत विषयमा परामर्श दिन विभिन्न व्यक्तिहरूलाई नियुक्त गरिरहेका छन्। 

शीतलनिवास पुगेको साता दिनपछि राष्ट्रपति पौडेलले परराष्ट्र सल्लाहकारमा डा. सुरेश चालिसे र सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका थिए। उनले मिडिया हेर्ने गरी नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्कीलाई स्वकीय सचिवालयमा नियुक्ति दिएका थिए।

पौडेलबाट नियुक्त चालिसेले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको समयसमेत परराष्ट्र सल्लाहकारको भूमिका वहन गर्ने जिम्मा पाएका थिए। 

राष्ट्रपति पौडेलले बुधबार मात्रै आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन्। अर्थविद् नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हुन् भने कुँवर गण्डकीका प्रदेश पूर्वप्रमुख हुन्।

राष्ट्रपति पौडेलले आजै आफ्नो राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनील थापालाई नियुक्त गरेका छन्। कांग्रेसका पूर्वसह–महामन्त्री थापा पार्टी केन्द्रीय कार्यसम्पादन समिति सदस्य हुन्। राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका छोरा सुनील २०७७ कात्तिकमा कांग्रेस पसेका थिए। 

गत ४ मंसिरको निर्वाचनमा धनकुटामा एमालेका राजेन्द्र राईसँग झिनो मतान्तरले पराजित थापा मन्त्रीसरहको सेवा सुविधा पाउने गरी राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त भएको शीतलनिवासले पुष्टि गरेको छ।

२९ फागुनदेखि निवर्तमान भएकी राष्ट्रपति विद्या भण्डारीले आफ्ना दुवै कार्यकालमा करिब ७९ जनालाई शीतलनिवासमा विभिन्न सल्लाहकार र विज्ञका रुपमा नियुक्त गरेकी थिइन्। 

राष्ट्रपतिबाट नियुक्ति पाउनेहरूलाई सरकारले पदीय दायित्वअनुसार पारिश्रमिक उपलब्ध गराउने गरेको छ। 

प्रकाशित: Mar 30, 2023| 14:04 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...