मंगलबार, जेठ ७, २०८२

नयाँ मन्त्रीको नियुक्ति र शपथ शुक्रबार हुने

 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

काठमाडौं- मन्त्रिपरिषद् विस्तार शुक्रबार हुने भएको छ। बिहीबार नै मन्त्रिपरिषद विस्तार गर्नेगरी दलहरुले दौडधुप गरे पनि त्यो सम्भव भएन।
केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण बिहीबार मन्त्री नियुक्ति हुन नसकेको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालयलाई खबर गरिएको छ। त्यसअघि गठबन्धनको बैठक बसेर मन्त्रीहरुको टुंगो लगाइनेछ। अर्थ, गृह, रक्षा, सञ्चारलगायतमा समस्या नभए पनि केही मन्त्रालयमा विवाद छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुलाई शुक्रबार बिहान मन्त्रीको नाम दिन आग्रह गरेका छन्। त्यसका लागि प्रधानमन्त्री प्रचण्ड सत्ता साझेदार दलहरुसँग सामूहिक र एक्लाएक्लै संवादमा पनि छन्।

सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने समझदारी बनेको छ।

प्रकाशित: Mar 30, 2023| 21:34 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...