पोखरा- नेकपा एकीकृत समाजवादीबाट तनहुँ १ मा प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन्।
बिहीबार बसेको जिल्ला कमिटीको बैठकले श्रेष्ठलाई आउँदो वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरी सिफारिस गरेको हो।
‘सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक शक्तिहरू र आम स्वतन्त्र नागरिकलाई आफ्नै माटोले जन्माएको संघर्षशील नेता प्रतापलाल श्रेष्ठलाई विजय गराउन हार्दिक आह्वान र अपिल गर्दछौं’, बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष श्रीराम कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ।