मंगलबार, जेठ ७, २०८२

कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभाबाट दोश्रो पटक विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि दिउँसो तीन बजे बैठक बोलाइएको छ।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभाबाट दोश्रो पटक विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि दिउँसो तीन बजे बैठक बोलाइएको छ।

मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिए पछि चैत १७ गते फेरि विश्वासको मत लिन लागेका हुन्। उनले बुधबार कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन्।

 प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन्। केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीबाट पनि एमाले बाहिरिने करिब निश्चित जस्तै छ। कर्णाली प्रदेश सभामा हाल कांग्रेसका १४,माओवादीका १३ र एमालेका १० सांसद छन्। नेकपा एकीकृत समाजवादी(एस), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्रका एक/एक सांसद छन्।

एमाले र राप्रपाबाहेकको मत पाउने सम्भावना छ।

प्रकाशित: Mar 31, 2023| 08:05 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...