मंगलबार, जेठ ७, २०८२

भीम रावललाई पार्टीमा कर्तव्य पालना नगरेको विष्णु पौडेलको आरोप

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको आरोप लगाएका छन्।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको आरोप लगाएका छन्। आज बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले रावललाई पार्टी अनुशासन पालना नगरेको आरोप लगाएका हुन्।

‘भीम रावल जीले पार्टीको अनुशासनको दृष्टिकोणले, पार्टीको एउटा जिम्मेवार सदस्यले पालना गर्नुपर्ने कर्तव्यको दृष्टिकोणले, उहाँले पार्टी सदस्यको कर्तव्य पालना गर्नु भएको छैन। उहाँले पार्टीको निर्णय पालना गरेर चल्नु भएको छैन। पार्टीको निर्णयको खिलाफ सार्वजनिक रुपमा बोल्नु भएको छ। पार्टीलाई कमजोर पार्ने गतिविधि गरिरहनु भएको छ,' उनले भने।

रावलले कहिले पत्रकार सम्मेलन गरेर र कहिले अधुरा सूचनाका आधारमा क्रियाप्रतिक्रियामा ओर्लिएर गल्ती गर्दै गएको पौडेलको आरोप छ।

प्रकाशित: Mar 31, 2023| 10:28 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...