सोमबार, जेठ ६, २०८२

यी हुन् पहिलो पटक मन्त्री बनेका पाँच अनुहार

प्रधानमन्त्री प्रचण्डले सातौंपल्ट विस्तार गरेको मन्त्रिपरिषद्मा मन्त्री भएका दसमध्ये पाँच जना नयाँ अनुहार हुन्।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्डले १० पुसमा सरकारको नेतृत्व लिएपछि तीन महिनामा सातौंपल्ट मन्त्रिरिषद् विस्तार गरेका छन्।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले दस दलीय गठबन्धनमा आबद्ध दल सम्मिलित मन्त्रिपरिषद् पुनर्गठन गरे पनि पूर्णता दिन भने सकेनन्। 

शुक्रबार विस्तारको प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद्मा पहिलोपल्ट मन्त्री बनेका पाँच अनुहार रहेका छन्।

नेकपा एसका उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी मन्त्री बनेका छन्। उनी पहिलोपल्ट मन्त्री बनेका हुन्। नेकपा एसकै प्रकाश ज्वाला भौतिक, पूर्वाधार तथा यातायातमन्त्री बनेका छन्। यसअघि कर्णाली प्रदेशको अर्थमन्त्री बनेका ज्वाला संघीय सरकारमा पहिलोपल्ट मन्त्री बनेका हुन्।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी छन्। उनी पहिलोपल्ट मन्त्री बनेकी हुन्।

कांग्रेसका रमेश रिजाल र सीता गुरुङ पनि पहिलोपल्ट मन्त्री बनेका छन्। रिजाल उद्योगमन्त्री र गुरुङ सहरी विकासमन्त्री बनेका हुन्। 

गुरुङ यसअघि २०७४ मा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राज्यमन्त्रीको जिम्मेवारीमा थिइन्।
 

प्रकाशित: Mar 31, 2023| 17:26 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...