सोमबार, जेठ ६, २०८२

एमालेले कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने

 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

सुर्खेत- नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ।

शुक्रबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको नवौँ बैठकमा आफ्ना धारणा राख्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले विश्वासको मत दिने बताए।

यस्तै, नेपाली कांग्रेस पनि मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने संकेत गरेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बैठकमा आफ्ना धारणा राख्दै शाहीले मुख्यमन्त्रीलाई विश्वासको मत संकेत दिएका हुन्।

मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी प्रस्ताव राखेका थिए।

प्रकाशित: Mar 31, 2023| 16:32 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...