सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत

कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत

 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले मत दिएका छन्। यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा उनलाई २५ सदस्यले विश्वासको मत दिएका थिए। 

उनलाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सदस्यले विश्वासको मत दिएका हुन्। उनको विपक्षमा राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले मात्रै मत दिएकी थिइन्। प्रदेशसभाको अर्को बैठक यही चैत १९ गते बस्नेछ।

प्रकाशित: Mar 31, 2023| 17:58 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...