सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेमा पूर्वउपाध्यक्ष भीमलाई मनाउन वर्तमान उपाध्यक्ष विष्णुले पाए जिम्मा 

एमालेमा पूर्वउपाध्यक्ष भीमलाई मनाउन वर्तमान उपाध्यक्ष विष्णुले पाए जिम्मा 

एमाले केन्द्रीय सचिवालय बैठकले असन्तुष्ट रावललाई मनाउन उपाध्यक्ष पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

काठमाडौं– एमाले खेदाइमा पर्दै आएका पूर्वउपाध्यक्ष भीम रावलसँग वार्ता गर्ने जिम्मा वर्तमान उपाध्यक्ष विष्णु पौडेललाई दिइएको छ।

शनिबार एमाले मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकमा पार्टी उपाध्यक्ष पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाउने निर्णय भएको हो।

तीन सदस्यीय टोलीमा पौडेलसँगै सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्ट र सह–इन्चार्ज कर्णराज थापालाई समेटिएको छ।

वार्ता टोलीले रावलसँग संवाद गर्ने र सहमतिमा पुगे आवश्यक जिम्मेवारी दिने निर्णय भएको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको भनाइ छ। 

४ मंसिरमा टिकट नदिइएपछि र अध्यक्ष केपी ओलीका नीति निर्णयप्रति असहमति राख्दै आएका रावलले केही दिनअघि पार्टीभित्रको पेलाइ जारी रहे विकल्प खोज्नेसम्मको चेतावनी दिएका थिए।

प्रकाशित: Apr 01, 2023| 16:59 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...