सोमबार, जेठ ६, २०८२

उपनिर्वाचनमा रास्वपाका तीन उम्मेदवार रवि, स्वर्णिम र खरेल

रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी १० वैशाखमा तय भएको रिक्त तीन स्थानको उपचुनावमा उठाउने उम्मेदवारको टुंगो लगाएको छ।

शनिबार पार्टी कार्यालय महाराजगञ्जमा पत्रकार सम्मेलन गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

गत ४ मंसिरको निर्वाचनमा चितवन २ मा पार्टी अध्यक्ष लामिछाने  निर्वाचित भएका थिए। सर्वोच्च अदालतले नागरिकता विवादमा पद खारेज गरेपछि उपचुनावमा हुन लागेको हो।

रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त तनहुँ १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाएको हो।

बारा २ मा उम्मेदवार तय भएका खरेल गत ४ मंसिरको निर्वाचनमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठेर पराजित भएका थिए। रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा उपचुनाव हुन लागेको हो।

प्रकाशित: Apr 01, 2023| 17:00 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...